• ट्रेण्डिङ्ग :
सभामुखले बोलाए प्रमसहित शीर्ष नेताहरूको बैठक

सभामुखले बोलाए प्रमसहित शीर्ष नेताहरूको बैठक


  • 2.4K
    SHARES
    • बैशाख २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.7K Views

    सभामुखले बोलाए प्रमसहित शीर्ष नेताहरूको बैठक

    काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सहित प्रमुख दलहरूका शीर्ष नेताहरूको बैठक बोलाएका छन्। सहकारी ठगी प्रकरणमा संसदको अघिल्लो अधिवेशनको अन्तिम अवस्थासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध नेपाली कांग्रेसले संसदीय छानबिन समितिको गठन गर्नुपर्ने अडान राख्दै संसद अवरोध गरेको थियो।

    images

    आगामी वैशाख २८ गतेका दिन बजेट अधिवेशनको आह्वान गरिएकाले संसदको काम कारबाहीलाई निरन्तर अगाडि बढाउन सभामुख घिमिरेले शीर्ष दलका नेताहरूसँग छलफल गर्न बैठक बोलाएका हुन् । बैठक सभामुख घिमिरेको सिंहदरबार स्थित कार्यकक्षमा विहान ११ बजेदेखि बस्ने जनाइएको छ । बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् ।


    तेस्रो आँखा