काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । अध्यक्ष माधव नेपालले पार्टीको संसदीय दलको बैठक बोलाएका हुन्। हालै जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि उत्पन्न भएको नयाँ राजनीतिक घटनाक्रमकाबीच नेता नेपालले संसदीय दलको बैठक बोलाएका हुन।
बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले जानकारी दिए। अहिलेसम्म बैठकका एजेन्डा भने खुलाइएकाे छैन। पार्टीका असन्तुष्ट सांसदलाई सम्झाइ-बुझाई गर्न नेता नेपालले बैठक बोलाएका अनुमान छ।
नेता नेपाल वर्तमान सत्ता गठबन्धनलाई छाडेर कांग्रेससँग गठबन्धन गर्ने प्रयासमा रहेको बताइन्छ। कांग्रेसले नेता नेपाललाई प्रधानमन्त्रीकाे लाेभ देखाएकाे छ। तर, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल भने एमाले-माओवादी गठबन्धनकै पक्षमा छन्। जसपा विभाजनको तरंगले आफ्नो दल पनि विभाजन हुने भय नेता नेपालमा व्याप्त रहेकाे बताइन्छ।
