• ट्रेण्डिङ्ग :
टर्की प्रहरीद्वारा ३६३ लागुऔषध संदिग्ध पक्राउ

टर्की प्रहरीद्वारा ३६३ लागुऔषध संदिग्ध पक्राउ


  • 2.4K
    SHARES
    • बैशाख २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.7K Views

    टर्की प्रहरीद्वारा ३६३ लागुऔषध संदिग्ध पक्राउ

    टर्कीका गृहमन्त्री अली येर्लिकायाले मङ्गलबार टर्की प्रहरीले लागुऔषध कारोबारीहरू विरुद्ध देशभर व्यापक कारबाही सुरु गरेको र तीन सय ६३ जना संदिग्धलाई पक्राउ गरेको बताउनुभएको छ । स्थानीय अपराध सिन्डिकेट साथै लागूऔषध उत्पादक र डिलर विरुद्ध राष्ट्रव्यापी कारवाहीमा ‘नार्कोसेलिक–१५’ अपरेशन इस्तानबुल, अङ्कारा, इज्मिर र अन्टाल्यालगायत ५२ प्रान्तमा गरिएको मन्त्री येर्लिकायाले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभयो । 

    images

     प्रहरीले दुई सय १७ केजी लागुऔषध र ११ लाखभन्दा बढी लागुऔषध चक्की बरामद गरेको छ ।उक्त अपरेसनमा प्रहरीको नौ सय ३६ टोली, दुई हजार तीन सय ४० कर्मचारी, नौ विमान र ३८ वटा लागूऔषध पत्ता लगाउने कुकुर संलग्न थिए । मन्त्री येर्लिकायाले लागूऔषध तस्करहरू र सङ्गठित अपराध सिन्डिकेट विरुद्ध लडाइँ जारी रहने बताउनुभयो ।टर्की लामो समयदेखि लागूऔषधका लागि ट्रान्जिट देशका रूपमा चिनिन्छ तर सरकारले गत वर्षदेखि लागूऔषध गिरोहहरू विरुद्धको अभियानलाई तीव्र पारेको छ । 


    तेस्रो आँखा