काठमाडौँ । गत वैशाख १५ गते इलाम २ मा भएको उपनिर्वाचनबाट विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्ने भएका छन् । उनलाई सभामुख देवराज घिमिरेले बिहान ११ बजे शपथ ग्रहण गराउने र प्रतिनिधि सभा सदस्यको लोगो चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।
शपथ ग्रहण सिंहदरबार स्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा राखिएको छ ।
