अरुणाचल । बुधबार बिहानै यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण गहिरो निद्रामा सुतेका मानिसहरु ब्युँझिएर डराउँदै घरबाहिर निस्केका थिए । भूकम्पको तीव्रता रिक्टर स्केलमा ३.१ मापन गरिएको थियो । यस भूकम्पबाट हालसम्म कुनै पनि जनधनको क्षतिको समाचार प्राप्त भएको छैन । भूकम्पको धक्का राज्यको तल्लो सुबनसिरी जिल्लामा महसुस गरिएको एनसीएसले जनाएको छ ।
बुधबार बिहान ४ बजेर ५५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन केन्द्र (एनएसएमसी)ले जनाएको छ । भूकम्पपछि मानिसहरु घरबाहिर निस्केर लामो समयसम्म खुला आकाशमुनि बसेका थिए । भूकम्पबाट कुनै क्षति नहुनु राहतको कुरा हो । गत केही महिनायता भारतका विभिन्न भागमा पटकपटक भूकम्पको धक्का महसुस गरिएको छ । तर यी भूकम्पको तीव्रता कम भएकाले कुनै मानवीय वा धनजनको क्षति भएको छैन ।
