तुलसीपुर २६ वैशाख/ तुलसीपुर क्षेत्रमा एउटा लोकप्रिय नाम हो बिनिल केसी । बिनिल २०४२ सालमा स्वर्गिय बुवा बिष्णू केसी र आमा निर्मला केसीको कोखबाट जन्मिएका थिए । तुलसीपुर क्षेत्रमा २०६० सालदेखि उद्योग सञ्चालन गरेर व्यवसायमा होमिएका बिनिल युवाहरुका लागि प्रेरणाका स्रोतका रुपमा सलन सकिन्छ । उनै बिनिल यही वैशाख २९ गते तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुन गई रहेको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पद्का उम्मेदवार बनेका छन् ।
उच्च शिक्षा पछि आफ्नै ठाउमा केही गर्नुपर्छ भन्दै स्वर्गिय बुवा बिष्णुको प्रेरणाले तुलसीपुरमै फर्किए र दाङमा उद्योगको सम्भावना छैन भन्नेहरुलाई चुनौती दिदै उद्योग चलायर देखाए । आफ्नो उद्योगमा बिनिलले एकसय बढीलाई रोजगारी समेत दिएका छन् । नेपालमा केही गर्न सकिदैन भन्दै कती युवाहरु विदेश पलायन भई रहँदा बिनिल भने दाङमै उद्योग सञ्चालन गरेर युवाहरुलाई व्यवसायमा लाग्न प्रेरित गरि रहेका छन् । उनले मैदामिल संचालन गरिरहेका छन भने आफ्नै उत्पादनमा रहेको गणेश पाउरोटी उद्योग समेत राम्रो ब्यबस्थापनका साथ सञ्चालन गरिरहेका छन ।
दाङमा सफल युबा ब्यबसायीको पहिचान बनाउन सफल युवा व्यवसायी बिनिल केसी जो सुकै सगं पनि सजिलै घुलमिल हुन सक्ने सरल स्वभावका ब्यक्ति हुन । युवाहरुमाझ निकै लोकप्रियता कमाउन सफल केसी तुलसीपुर उद्योग वाणिज्य संघको महासचिव पदमा रही काम गरिसकेका छन् भने आर्थिक रुपमा जर्जर बनेको राप्ति बबई क्याम्पसको कोषाध्यक्ष भैसकेपछि तीन तहको सरकार र विभिन्न सघं सस्थाको समन्वयमा धेरै सुधार कामहरु गर्न सफल भएको भन्दै पुनः अर्को कार्यकाल पनि भुमिकामा छन । त्यस बाहेक उनी तुलसीपुरको होटल वेष्टर्न प्यालेस, र तुलसीपुर सिटी हस्पिटलको समेत सञ्चालक र विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । उनी व्यवसायमा मात्रै नभएर समाज सेवामा पनि उत्तिकै सक्रिय छन् ।
कसैलाई केही समस्या पर्दा होस् वा विकास निर्माणका काममा उनी सधै अग्रपङतीमा आउने गर्दछ । उद्योग वाणिज्य संघमा देखिएको सफलता वा राप्ती बबई क्याम्पसमा देखिएको प्रभावकारी पारदर्शिता र शैक्षिक विकासमा पनि केसीले आफ्नो क्षमता प्रस्तुत गरिरहेका छन् । अबको उनको नेतृत्वको अब्बलता उद्योग वाणिज्यसंघमा देखिने छ । उनलाई तुलसीपुर उद्योग वाणिज्य संघले फर्खि रहेको छ । यती बेला विनिल केसी र उनमने नेतृत्वको प्यानल आम व्यवसायीहरुको रोजाइमा परेको छ ।
