• ट्रेण्डिङ्ग :
कांग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेस संसदीय दलको बैठक स्थगित


  • 2.2K
    SHARES
    • बैशाख २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.3K Views

    कांग्रेस संसदीय दलको बैठक स्थगित
    काठमाडौँ, २७ वैशाख/ नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।
     
    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो । उहाँको यही वैशाख २५ गते निधन भएको हो ।
     
    गुरुङको आज अन्त्येष्टि गरिने हुँदा बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ । स्थगित संसदीय दलको बैठक यही वैशाख २८ गते बिहान ८ः३० बजे बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हलमा बस्ने तय भएको छ ।


    तेस्रो आँखा