• ट्रेण्डिङ्ग :
जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान

जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान


  • 2.3K
    SHARES
    • बैशाख २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.5K Views

    जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान
    काठमाडौँ, २७ वैशाख/ जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
     
    यही वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो । 
     
    बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताउनुभयो ।


    तेस्रो आँखा