• ट्रेण्डिङ्ग :
परिणाम देखिने गरी काम गर्न मन्त्रीचौधरीको निर्देशन

परिणाम देखिने गरी काम गर्न मन्त्रीचौधरीको निर्देशन


  • 4.5K
    SHARES
    • बैशाख २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.9K Views

    परिणाम देखिने गरी काम गर्न  मन्त्रीचौधरीको निर्देशन

    काठमाडौँ, २७ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    images

    आज मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहँदै उहाँले दुई महिनामा नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको हो । “अर्थपूर्ण रूपमा काम गर्न काम गर्नुपर्छ ”, मन्त्री चौधरीले भन्नुभयो, “जनगुनासो चासोअनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुप¥यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।”

     उहाँले पछिल्ला दुई महिनामा भए गरेका महत्वपूर्ण कामको समीक्षा गरी प्रतिवेदन तयार गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने जनाउँदै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताउनुभयो । सो अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्वपूर्ण भएको जनाउँदै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताउनुभयो ।


    तेस्रो आँखा