• ट्रेण्डिङ्ग :
परिवारबाट व्यवसाय सिकेका रुपेश कोषाध्यक्ष पदका लागि योग्य

परिवारबाट व्यवसाय सिकेका रुपेश कोषाध्यक्ष पदका लागि योग्य


  • 23.8K
    SHARES
    • बैशाख २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 36.6K Views

    परिवारबाट व्यवसाय सिकेका रुपेश कोषाध्यक्ष पदका लागि योग्य

    निरला अर्याल,तुलसीपुर २७ वैशाख/ व्यावसायिक पृष्ठभूमिबाट आउनु भएका रुपेश  शर्मा आफ्नो जीवनकाल व्यवसायमा बिताउने अठोट छ । तुलसीपुरमा करिब ४० वर्ष अघिबाट फेन्सी व्यबसाय गर्दै आउनु भएका बुबा पुनाराम शर्मा र आमा प्रेम कुमारी शर्माको कान्छो सुपुत्र रुपेश शर्माले बिजनेसमा मास्टर गरिसक्नु भएको छ। विद्यालयमा पढ्दै गर्दा पनि बुबा आमालाई सघाउँदै सानो उमेरबाट नै व्यबसायप्रतिको ज्ञान सीप  बढदै गयो  ।

    images

    धेरै साथीहरु मास्टर सकेपछि व्यवसायमा भविष्य नदेखेर अन्य क्षेत्रमा प्रवेश गरेको देखिन्छ तर रुपेश शर्मा भने आफ्नो ठाउँमा व्यवसायलाई मजबूत बनाउनु पर्छ उदेश्यले यही क्षेत्रमा समर्पित गर्दै आइरहनु भएको छ। शर्मा एउटा ब्यापारी मात्र होइन सामाजिक व्यक्तित्व पनि हुनुहुन्छ । जहाँ अभाव हुन्छ रुपेश अदृश्य उपस्थिति रहेको हुन्छ । सामाजिक सञ्जालमा आउन नरुचाउने रुपेशले धेरै अभवहरुमा मलहम पट्टी लगाउँदै आएरहनु भएको छ।

    शर्मा रोट्रयाक्ट क्लव अफ तुलसीपुरका पूर्व अध्यक्ष  रोटरी क्लब अफ तुलसीपुर सिटीको महासचिव रहेर काम गर्दै आउनु भएको छ।  साथै अन्य विभिन्न संघ संस्थाको नेतृत्व गरिरहनु भयको छ। तुलसीपुर उद्योग वाणिज्य संघमा  कार्य समिति सदस्य हुँदै अहिले शर्माले कोषाध्यक्ष पदमा उमेद्वारी दिनु भएको छ।  अघिल्लो निर्वाचनमा लोकप्रिय मत लिएर सदस्य बन्नु भएका शर्मालाई यसपटक विनिल केसी नेतृत्वको टीमबाट कोषाध्यक्ष पदका लागि दिएको उमेदवारीमा सबै व्यबसायीहरुले मतदान गरिदिन अपील गर्नु भएको छ ।

    प्रष्ट, निष्पक्ष तथा पारदर्शी  स्वभाव रहेका शर्माले आर्थिक पाटो एकदमै पारदर्शिता हुनु पर्ने जनाउनु भएको छ। जुनसुकै बेला पनि ब्यबसायलाई अप्ठ्यारो परेको बेला निर्धक्क संग बोल्न सक्ने क्षमता राख्ने शर्मा आम व्यवसायी लाई बैंकको ब्याज बृद्धिले ब्यबसायी मर्काका  परेको विषय पटक पटक उठान गर्दै आउनु भएको छ ।


    तेस्रो आँखा