• ट्रेण्डिङ्ग :
दुई श्रीमती हुनेले वार्षिक दुई लाख रुपैयाँ पाउने

दुई श्रीमती हुनेले वार्षिक दुई लाख रुपैयाँ पाउने


  • 3.3K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.1K Views

    दुई श्रीमती हुनेले वार्षिक दुई लाख रुपैयाँ पाउने

    रतलाम, २८ वैशाख । भारत, मध्य प्रदेशको रतलाम-झाबुआ संसदीय क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व केन्द्रीय मन्त्री कान्तीलाल भुरियाले अनौठो बयान दिएका छन् । उनले दुई श्रीमती भएकाले वार्षिक २ लाख रुपैयाँ पाउने बताएका छन् ।

    images

     कांग्रेस प्रदेश सभापति जितु पटवारी र पूर्व मुख्यमन्त्री दिग्विजय सिंहको उपस्थितिमा सेलानामा कांग्रेस उम्मेदवार भुरियाको समर्थनमा जनसभा आयोजना गरिएको थियो । सो अवसरमा भुरियाले कांग्रेसको घोषणापत्रलाई उद्धृत गर्दै कांग्रेस सत्तामा आए महिलालाई वार्षिक १ लाख र दुई श्रीमती भएकालाई २ लाख दिने बताए ।

     सो अवसरमा पार्टीका प्रदेश अध्यक्ष जितु पटवारीले पनि भुरियालाई समर्थन गर्दै तपाईका भावी सांसद कान्तिलाल भुरियाले ठूलो घोषणा गरेको बताए । जसको दुई श्रीमती छन् दोब्बर पाउँछन्।


    तेस्रो आँखा