• ट्रेण्डिङ्ग :
भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु


  • 2.6K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.0K Views

    भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

    रुकुम पश्चिम, २८ वैशाख । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् । 

    images

    आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज दिउँसो भेरी नदीमा खसेको  हो । दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

    दुर्घटनामा घाइते तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । ट्र्याक्टर सडकदेखि एक सय ५० मिटर तल भेरी नदीमा खसेको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा