• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाः डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह

राष्ट्रियसभाः डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह


  • 2.4K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    राष्ट्रियसभाः डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह

    काठमाडौँ, २८ वैशाख । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गर्नुभएको छ ।

    images

    सभाको बर्खे अधिवेशन तथा  १६औँ अधिवेशन प्रारम्भ भएको अवसरमा दलका तर्फबाट मन्तव्य राख्दै नेता दाहालले आगलागीबाट प्रभावित भएकाहरुलाई क्षतिपूर्ति दिन पनि आग्रह गर्नुभयो । 

    फरक सन्दर्भमा उहाँले नेपालको परिमार्जित राजनीतिक नक्सालाई नोटलाई समावेश गर्न लागिएका विषयमा अन्य देशको चासो छ भन्ने नाममा रोक्न आवश्यक नभएको धारणा राख्नुभयो । नेता दाहालले सो विषयमा राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले फरक मत सार्वजनिक हुनुलाई उचित नभएको टिप्पणी गर्नुभयो । 


    तेस्रो आँखा