• ट्रेण्डिङ्ग :
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन


  • 2.5K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.9K Views

    कांग्रेसको अवरोधपछि  प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन

    काठमाडौँ, २८ वैशाख : प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ । पहिलो बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो ।

    images

    सभामुख देवराज घिमिरेले दोस्रो बैठकको कारबाही आरम्भ गर्नासाथ प्रतिपक्षीका सांसदले रोष्ट्रम घेराउसहित नाराबाजी गर्नुभएको थियो । यसपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिन खोज्दा विपक्षीदलका सांसदले अवरोध पु¥याउनुभएको थियो । सभामुख घिमिरेले आसनग्रहण गरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना कुरा राख्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम बैठक स्थगनको घोषणा गर्नुभयो । सभाको अर्को बैठक आगामीजेठ १ गते मङ्गलबार साँझ ६ बजेका लागि तोकिएको छ ।


    तेस्रो आँखा