• ट्रेण्डिङ्ग :
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते


  • 3.0K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

    नवलपरासी, २८ वैशाख । पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सुस्ता गाउँपालिका–५ तरैनीका १३ वर्षीय गोलु (राहित) कँकर रहेका छन् । सुस्ता–३ स्थित विगैपको भित्री सडकखण्ड कुडियादेखि रतनगञ्ज जाँदै गरेको लु ३ त २८४ नं.को ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा कँकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

    images

    घाइते भएका कँकरलाई उपचारका लागि जिल्लास्थित पृथ्वी चन्द्र अस्पतालमा पुऱ्याएपछि चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहराले बताउनुभयो । यसैगरी ट्याक्टर दुर्घटनामा सुस्ता–४ नर्सहीका २१ वर्षीय सुकई मल्लाह गम्भीर घाइते भएका छन् । उहाँलाई जिल्ला अस्पतालबाट रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा