• ट्रेण्डिङ्ग :
गुल्मीमा दमकल चालकसहित पाँच जनालाई सम्मान

गुल्मीमा दमकल चालकसहित पाँच जनालाई सम्मान


  • 2.4K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.6K Views

    गुल्मीमा दमकल चालकसहित पाँच जनालाई सम्मान

    तम्घास, २९ वैशाख : गुल्मीमा आगो निभाउन महत्वपूर्ण भूमिका खेलेका दमकल चालकसहित पाँच जनालाई सम्मान गरिएको छ । 

    images

    जिल्लाको शुभलक्ष्मी क्लीनिकले आज रेसुङ्गा नगरपालिकाका दमकल चालक कमल पन्थी, दमकल सहायक कृष्णबहादुर थापा, नगरप्रहरी जवान वसन्त बस्नेत, जीवन पाण्डे र नगरपालिकाका कार्यालय सहयोगी प्रेमबहादुर मगरलाई सम्मान गरिएको हो । उहाँहरुलाई सम्मानपत्र, दोसल्ला र मायाको चिनोले सम्मान गरिएको संस्थाका व्यवस्थापक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । 

     गुल्मीमा रहेका १२ पालिकामध्ये रेसुङ्गा नगरपालिकासँग मात्र दमकल रहेको छ । दमकलले सदरमुकाम तम्घासका साथै इस्मा, गुल्मीदरबार, धुर्कोट, अर्घाखाँचीको छत्रदेवलगायतका ठाउँमा सेवा दिइरहेको छ । सोही दमकल लिएर आगो निभाउन खटिने चालकसहितका सदस्यलाई हौसला प्रदान गर्न सम्मान गरिएको शुभलक्ष्मी क्लीनिकका प्रबन्ध निर्देशक होम पल्लीले जानकारी दिनुभयो । 


    तेस्रो आँखा