• ट्रेण्डिङ्ग :
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम

महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम


  • 4.3K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.7K Views

    महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम

    चितवन २९ वैशाख । चितवनको कालिका नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम प्रदान गरेको छ । 

    images

    सीपमूलक कार्यक्रम प्रवर्धन गर्ने नीतिअनुसार नगरका ६५ महिलालाई १५ दिने तालिम दिइएको हो । 

    शनिबार तालिमको समापन गर्दै नगरप्रमुख  विनोद रेग्मीले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दिइएको तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगर क्षेत्रका नागरिकमा सीपको विकास नभएसम्म समृद्ध कालिका निर्माण हुन नसक्ने भएकाले नगरपालिकाले सीपमूलक कार्यक्रम सञ्चालन गर्दैआएको र त्यसमा महिलालाई प्राथमिकतामा राखेको बताउनुभयो । 

    “हरेक क्षेत्रमा महिलालाई अघि बढाउनुपर्छ भनेर हामीले विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ, जसले महिलालाई आत्मनिर्भर बन्न सघाउ पुगेको छ । त्यहीक्रममा व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो र आगामी दिनमा यस्तै थप तालिम सञ्चालन गर्ने छौँ”, नगरप्रमुख रेग्मीले भन्नुभयो ।


    तेस्रो आँखा