• ट्रेण्डिङ्ग :
नारायणपुर उवासंघ : संयुक्त व्यवसायीको प्यानल विजयी 

नारायणपुर उवासंघ : संयुक्त व्यवसायीको प्यानल विजयी 


  • 2.6K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    नारायणपुर उवासंघ : संयुक्त व्यवसायीको प्यानल विजयी 

    दाङ, २९ वैशाख/ नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८   मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी  युवा व्यवसायी प्यानलका  लिलाधर शर्मा (बिट्टु) ले   ९० मत प्राप्त गरेका छन् ।

    images

    त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष पदका उम्मेदवार रहेका बसन्त न्यौपानेले  २ सय ७ मत लिई विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका धरमबहादुर बस्नेतले  १  सय  ८४ मत लिएका छन् ।

    त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट वाणिज्य  उपाध्यक्ष पदका उम्मेदवार रहेका कुलराज खनालले २ सय ५७ मत प्राप्त गरी विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका सनतकुमार आचार्यले १ सय ४१    मत लिएका छन् ।

    त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट सचिव पदका उम्मेदवार रहेका मिना भण्डारीले २  सय  १०  मत लिई विजयी भएकी छिन्  भने सचेत युवा व्यवसायी प्यानलका तिलकबहादुर भण्डारीले १ सय ८२  मत लिएका छन् । कुल ४ सय ३२ मतदाता रहेकोमा ४ सय ६ मत  खसेको  थियो  ।


    तेस्रो आँखा