• ट्रेण्डिङ्ग :
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई

अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई


  • 2.6K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई

    मोरङ, २९ वैशाख । सुन्दरहरैँचा नगरपालिका स्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ ।  नगर खेलकुद विकास समितिद्वारा आयोजित सुकुना माविको खेल मैदानमा आज भएको फाइनलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै सुन्दरहरैँचाले उपाधि उचालेको हो । सुन्दरहरैँचाले लेटाङलाई पहिलो सेटमा २५-१० र दोस्रो सेटमा २५-१४ साथै तेस्रो सेटमा २५-१५ ले पराजित गरेको थियो । खेलमा रतुवामाही नगरपालिका भने तेस्रो भएको छ । 

    images

     मोरङका आठ पालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने सुन्दरहरैँचा नगरपालिकाले रू ६७ हजार पाँच सय तथा दोस्रो हुने लेटाङ नगरपालिकाले रू ३३ हजार सात सय ५० का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, आयोजक समितिका अध्यक्ष तथा नगर प्रमुख केदारप्रसाद गुरागाई, नगर उपप्रमुख अकली चौधरी, समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठलगायतले विजेता उपविजेता र उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो । 

    प्रमुख अतिथि मोरङ जिल्ला समन्वय समितिका प्रमुख राईले खेलकुदले गाउँ नगरलाई मात्रै नभएर देशलाई चिनाउने भएकाले यसको थप विकासमा सम्बन्धित पक्ष लाग्नुपर्ने बताउनुभयो । खेलको महत्व दर्साएर महिला खेलाडीलाई उचित साथ सहयोग गर्न जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो । तीन दिनसम्म सञ्चालन भएको जिल्लाको पहिलो पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा लेटाङ, सुन्दरहरैँचा, पथरी, बुढीगङ्गा, रतुवामाई, कानेपोखरी, बेलबारी, केराबारीलगायतका पालिकाका टिमहरूले सहभागिता जनाएका थिए ।  

     

     


    तेस्रो आँखा