• ट्रेण्डिङ्ग :
गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल


  • 2.8K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

    सुर्खेत, २९ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति नहुने बताउनुभएको छ ।

    images

    आज सुर्खेतको वीरेन्द्रनगरमा जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् सुर्खेतले आयोजना गरेको आदिवासी जनजातिहरूको संस्कृति पहिचान गरी जगेर्ना, संरक्षण तथा प्रवर्द्धन कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताउनुभएको हो । 

    “जनजातिहरूको कार्यक्रममा पुरुषको भन्दा महिलाको सहभागिता हुनु सकारात्मक कुरा हो । वास्तवमा यस्तो कार्यक्रमको स्वामित्व, पहलकदमी सरकारले लिनुपर्ने हो”, मुख्यमन्त्री कँडेलले भन्नुभयो ।

    शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोग तथा लिसार सांस्कृति समूहको समन्वयमा सम्पन कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासङ्घ सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजीले गर्नुभएको थियो भने सहजीकरण महासङ्घका सचिव भीम गुरुङले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जनजाति समुदायले आआफ्नो नृत्य प्रस्तुत गरेका थिए ।


    तेस्रो आँखा