• ट्रेण्डिङ्ग :
जेलबाट बाहिर आएपछि गर्जे केजरीवाल, भने-प्रधानमन्त्री ‘एक राष्ट्र, एक नेता’ चाहन्छन् !

जेलबाट बाहिर आएपछि गर्जे केजरीवाल, भने-प्रधानमन्त्री ‘एक राष्ट्र, एक नेता’ चाहन्छन् !


  • 4.7K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.3K Views

    जेलबाट बाहिर आएपछि गर्जे केजरीवाल, भने-प्रधानमन्त्री ‘एक राष्ट्र, एक नेता’ चाहन्छन् !

    दिल्ली । मदिरा नीति मुद्दामा अन्तरिम जमानतमा जेलबाट रिहा भएपछि आज आफ्नो पहिलो पत्रकार सम्मेलनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारलाई आलोचना गर्दै आम आदमी पार्टी (आप) सानो पार्टी छ । तर पनि प्रधानमन्त्री मोहीले आम आदमी पार्टीलाई कुचल्न कुनै कसर बाँकी राखेनन् र यसका शीर्ष चार नेताहरुलाई जेल पठाए ।

    images

     केजरीवालले भने, "प्रधानमन्त्री भन्छन् म भ्रष्टाचार विरुद्ध लड्दैछु। उनले देशका ठूला चोर, गुण्डा र डाँकुलाई आफ्नो पार्टीमा समावेश गरेका छन्। जसको बारेमा मोदीले ७० हजार करोडको घोटाला गरेको भन्ने गर्थे, त्यसको केही दिनपछि उनलाई नै पार्टीमा सामेल गरेर उपमुख्यमन्त्री बनाउनुभयो, उनले भने, "प्रधानमन्त्रीज्यू देशवासीलाई मूर्ख नठान्नुस । सबै चोरहरुलाई आफ्नो पार्टीमा समावेश गरेर सबै मुद्दा हल हुन्छ भन्ने ठान्नु भएको होला । जनताले बुझिसकेका छन् । 

    आफ्नो गिरफ्तारीको कारण बताउँदै केजरीवालले भने, "केजरीवाललाई गिरफ्तार गरेर उनले सम्पूर्ण देशलाई सन्देश दिए कि यदि म केजरीवाललाई पक्राउ गर्न सक्छु भने म कसैलाई पनि पक्राउ गर्न सक्छु। केजरीवालले भने – मोदीले देशबाट अन्य सबै नेताहरुलाई हटाइदिने योजनामा छन् । 

    प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक राष्ट्र, एक नेता’ नामको निकै खतरनाक मिशन सुरु गरेको भन्दै उनले भने, ‘मोदी जी देशकाे सबै नेताहरूलाई हटाउन चाहन्छन्। केजरीवालले भविष्यवाणी गर्दै भने - यदि मोदीहरूले चुनाव जिते भने ममता बनर्जी र उद्धव ठाकरेलगायत सबै विपक्षी नेताहरू जेलमा हुनेछन् । 


    तेस्रो आँखा