तुलसीपुर ३० वैशाख / तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ । ७०० मत गणना हुादा नेपाली काँग्रेसका उम्मेदवार बिनिल केसीको अग्रता छ ।
बिनिल केसीले ३६६ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार ललितजंग शाहले ३१९ मत प्राप्त गरेका छन् । अहिले सम्म बिनिल प्रतिष्पर्धी ललित भन्दा ४७ मतान्तरले अगाडि छन् ।
हालसम्मको निर्वाचन परिणाम अनुसार उद्योग उपाध्यक्षमा भने गठबन्धनका बिश्व बस्नेत अगाडि छन् । उनले ३८९ मत प्राप्त गर्दा काँग्रेसका हेमेन्द्र खड्काले २६५ मत प्राप्त गरेका छन् । वाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेशराज भण्डारी अगाडि छन् । उनले ३८० मत प्राप्त गर्दा काँग्रेसका खुसलराम शर्माले २७३ मत प्राप्त गरेका छन् ।
त्यस्तै खुल्ला उपाध्यक्षमा काँग्रेसका देबबहादुर केसी अगाडि छन् । केसीले ३४९ मत प्राप्त गर्दा गठबन्धनका डिल्लीबहादुर वलीले ३१० मत प्राप्त गरेका छन् । महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी अगाडि छन् । केसीले ३५६ मत प्राप्त गर्दा गठबन्धनका नरेन्द्रकुमार डाँगीले ३९८ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा अगाडि छन् । शर्माले ३६८ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले २६९ मत प्राप्त गरेका छन् ।
सचिवमा पनि काँग्रेसका नबिन राइको अग्रता छ । राइले २३७ मत प्राप्त गर्दा गठबन्धनका भुपाल रावतले १७० र स्वतन्त्र उम्मेदवार चन्दन वलीले १९५ मत प्राप्त गरेका छन् ।
सह–कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारीले अग्रता लिइ रहेका छन् । भण्डारीले २८३ मत प्राप्त गर्दा गठबन्धनका किशोरकुमार वलीले २६६ मत प्राप्त गरेका छन् ।
सदस्य खुला कोमल डिसी (कमल) ३३१, तिर्थ बहादुर डाँगी ३४७, माधव बस्नेत ३१६, शैलेन्द्र बुमार बुढाथोकी ३०६, सुवास अधिकारी २९६, भिमबहादुर खत्री २९८, मनोज कुमार गुप्ता २८०, कृष्णबहादुर पुन २७४, सुरेश नेपाली २५९, टोप बहादुर महतारा ३११ मत प्राप्त गरेका छन् । त्यसैगरी खुला सदस्य महिला तर्फ ८०० मत गणना हुँदा निमल बस्नेत २८५, कल्पना बिष्ट ३२१, शारदा बस्नेत ३४७, र मिना रावत ३४४ मत प्राप्त गरेका छन् ।
