तुलसीपुर ३० वैशाख / तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ । ९०३ मत गणना हुादा नेपाली काँग्रेसका उम्मेदवार बिनिल केसीको अग्रता कायमै राखेका छन् ।
बिनिल केसीले ४८१ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार ललितजंग शाहले ३९८ मत प्राप्त गरेका छन् । अहिले सम्म बिनिल प्रतिष्पर्धी ललित भन्दा ८३ मतान्तरले अगाडि छन् ।
हालसम्मको निर्वाचन परिणाम अनुसार उद्योग उपाध्यक्षमा भने गठबन्धनका बिश्व बस्नेत अगाडि छन् । उनले ४८३ मत प्राप्त गर्दा काँग्रेसका हेमेन्द्र खड्काले ३६२ मत प्राप्त गरेका छन् । उनीहरुको मतमन्तर १३३ छ । वाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेशराज भण्डारी अगाडि छन् । उनले ४६९ मत प्राप्त गर्दा काँग्रेसका खुसलराम शर्माले ३६३ मत प्राप्त गरेका छन् ।
त्यस्तै खुल्ला उपाध्यक्षमा काँग्रेसका देबबहादुर केसी अगाडि छन् । केसीले ४५५मत प्राप्त गर्दा गठबन्धनका डिल्लीबहादुर वलीले ३८८ मत प्राप्त गरेका छन् । महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी अगाडि छन् । केसीले ४६० मत प्राप्त गर्दा गठबन्धनका नरेन्द्रकुमार डाँगीले ३७६ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा अगाडि छन् । शर्माले ४८३ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ३३० मत प्राप्त गरेका छन् ।
सचिवमा पनि काँग्रेसका नबिन राइको अग्रता छ । राइले ३१० मत प्राप्त गर्दा गठबन्धनका भुपाल रावतले २०१ र स्वतन्त्र उम्मेदवार चन्दन वलीले २५४ मत प्राप्त गरेका छन् ।
सह–कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारीले अग्रता लिइ रहेका छन् । भण्डारीले ३६५ मत प्राप्त गर्दा गठबन्धनका किशोरकुमार वलीले ३३४ मत प्राप्त गरेका छन् ।
सदस्य खुला कोमल डिसी ९कमल० ४९५, तिर्थ बहादुर डाँगी ४९६, माधव बस्नेत ४७०, शैलेन्द्र बुमार बुढाथोकी ४४३, सुवास अधिकारी ४३०, भिमबहादुर खत्री ३८८, मनोज कुमार गुप्ता ३९३, कृष्णबहादुर पुन ३८४, सुरेश नेपाली ३६३, टोप बहादुर महतारा ४२८ मत प्राप्त गरेका छन् । त्यसैगरी खुला सदस्य महिला तर्फ निमल बस्नेत ३६५, कल्पना बिष्ट ४०८, शारदा बस्नेत ४२५, र मिना रावत ४२१ मत प्राप्त गरेका छन् ।
