• ट्रेण्डिङ्ग :
यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच भएको भिडन्तमा १० जनाको मृत्यु

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच भएको भिडन्तमा १० जनाको मृत्यु


  • 3.4K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच भएको भिडन्तमा १० जनाको मृत्यु

    एडेन, १ जेठ । यमनको मध्य प्रान्त मारिबमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग आबद्ध संयुक्त यमनी सेना र हुथी लडाकुहरूबीच भएको घातक झडपमा १० जनाको मृत्यु भएको आइतबार एक सैन्य अधिकारीले जानकारी दिए।

    images

    नाम नछाप्ने सर्तमा बोल्दै सैन्य स्रोतले आइतबार साँझ तेलको मारिब सहरको दक्षिणमा रहेको हरिब मोर्चामा 'जाइन्ट्स ब्रिगेड, संयुक्त सरकार समर्थक सेनाको एक हिस्सा र हुथी लडाकुहरू' बीच भीषण झडप भएको बताएको छ ।

    मारिब लामो समयदेखि चलिरहेको यमनी द्वन्द्वको प्राथमिक रणभूमिको रूपमा देखा परेको छ । किनकि हुथीहरूले २०२१ को शुरुमा उर्जाले धनी मारिब प्रान्तको पूर्ण नियन्त्रण कब्जा गर्ने उद्देश्यले ठूलो आक्रमण सुरु गरेका थिए ।

    सरकार नियन्त्रित मारिब सहरको ठूलो राजनीतिक, सैन्य र आर्थिक महत्व छ। यो रक्षा मन्त्रालयको मुख्यालय, सरकार समर्थक यमनी सैन्य नेतृत्व, प्रमुख सुरक्षित तेल क्षेत्र, रिफाइनरीहरू र देशको सबैभन्दा ठूलो पावर प्लान्टको घर हो।

    एक घण्टा लामो भिडन्तमा भारी हतियार प्रयोग गरिएको स्रोतले बताएको छ । जसमा चार सरकारी सेना सदस्य र छ जना हुथी लडाकुको मृत्यु भएको छ, जबकि दुबै पक्षका नौ- नौ जना घाइते भएका छन्।

    हुथीहरूले आइतवार एक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेका थिए, जुन मारिब शहरको पूर्वमा रहेको वादी जिल्लाको एयरफिल्डमा विस्फोट भएको थियो, एक सैन्य स्रोतले भन्यो । यद्यपी कुनै हताहतीको खबर भने आएको छैन ।

    यमन साउदी समर्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र इरान समर्थित हुथी विद्रोहीबीच एक दशक लामो घातक द्वन्द्वमा फसेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यो द्वन्द्वले विश्वको सबैभन्दा खराब मानवीय संकट निम्त्याएको छ।

    हुथी विद्रोहीले सन् २०१४ को सेप्टेम्बरदेखि राजधानी सानासहित उत्तरी यमनको ठूलो भागलाई आफ्नो नियन्त्रणमा लिएका छन्। मार्च 2015 मा, साउदी नेतृत्वको सैन्य गठबन्धनले सरकारको समर्थनमा यमनमा हस्तक्षेप गरेको थियो ।


    तेस्रो आँखा