• ट्रेण्डिङ्ग :
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने


  • 2.5K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफू सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। यस विषयमा छलफल गर्न आज जसफा नेपालको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बैठक बिहान ११ बजे देखि बस्नेछ।

    images

    यसअघि जसपा नेपालको केन्द्रीय कार्यकारणी समितिको आइतबार बसेको बैठकले पनि पार्टी सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको थियो।

    यसका अलावा बैठकमा राजनीतिक एवं संगठनिक प्रतिवेदन उपर छलफल हुने र आगामी जेठमा हुन गइरहेको पार्टीको महाधिवेशनको बारेमा पनि छलफल हुने जनाइएको छ। जसपा नेपालका ७ जना सांसदहरूले नेता अशोक राईको नेतृत्वमा फुटेर अर्को नयाँ दल स्थापना गरेपछि जसपामा समस्या आएको छ। 


    तेस्रो आँखा