• ट्रेण्डिङ्ग :
भूकम्प पीडित विद्यार्थीहरुलाई सोलार वितरण

भूकम्प पीडित विद्यार्थीहरुलाई सोलार वितरण


  • 3.5K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    भूकम्प पीडित विद्यार्थीहरुलाई सोलार वितरण

    तुलसीपुर, ३१ बैशाख । तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत जाजरकोट र पश्चिम रुकुमका विद्यार्थीहरुलाई सोलार वितरण गरिएको छ । भूकम्पले घरमा क्षति गरेर बत्ति नभएका विद्यार्थीहरुलाई लक्षित गरेर सोलार वितरण गरिएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी गराए । कलेजमा अध्ययनरत २३ जना विद्यार्थीहरुलाई सोलार वितरण गरिएको पनि उनले बताए । 

    images

    ‘भूकम्पमा परेर घरमा बिजुली नभएका विद्यार्थीहरुलाई अध्ययन गर्नमा असहजता नहोस् भन्नका लागि सहयोग गरिएको हो’ कलेज प्रमुख आचार्यले भने । सोलार वितरण कार्यक्रममा बोल्दै आर्ट अफ लिभिङका प्रोजेक्ट म्यानेजर किशोर कुमार झाले विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई मध्यनजर गरेर सोलार वितरणमा सहयोग गरिएको जानकारी दिए । उनले प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षालयहरुलाई प्रोजेक्टमार्फत सहयोग गरिएको पनि बताए । 

    कार्यक्रममा माध्यमिक विद्यालय सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, गोरखा मावि तुलसीपुरका प्रधानाध्यापक विजय जिएम लगायतले शुभकामना मन्तव्य राखेका थिए । 


    तेस्रो आँखा