• ट्रेण्डिङ्ग :
आज नेकपा यसको पोलिटब्युरो बैठक बस्दै

आज नेकपा यसको पोलिटब्युरो बैठक बस्दै


  • 2.3K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.6K Views

    आज नेकपा यसको पोलिटब्युरो बैठक बस्दै

    काठमाडौं, ३१ वैशाख । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो कमिटीको बैठक आज बस्दै छ । सोमबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पोलिटब्युरो कमिटीको बैठक बस्ने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ । उहाँले भन्नुभयो, ‘११ बजे एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ ।’ बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ । एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म हुँदैछ ।


    तेस्रो आँखा