तुलसीपुर,३१ वैशाख/ दाङमा करेन्ट लागेर घाइते भएका युवकको मृत्यु भएको छ । प्युठानको माण्डबी गाउँपालिका २ तिराम निवासी २४ वर्षीय श्याम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गएराति घोराही उपमहानगरपालिका ३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा नेपालीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
