• ट्रेण्डिङ्ग :
ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह


  • 3.0K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

    काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य(सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा ‘वाइल्ड कार्ड’मार्फत छनोट हुनुभएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई विशेष तयारी गर्न आग्रह गर्नुभएको छ । 

    images

    सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रिन्सलाई भेट गरी सो सुझाव दिनुभएको हो । उहाँले पेरिस ओलम्पिकमा छनोट भएकोमा बधाइ समेत दिनुभयो । आफूभन्दा वरियतामा माथि र बलिया खेलाडीसँग खेल्ने वातावरण बनाउन सङ्घको ध्यानाकर्षण गराउँदै उक्त प्रतियोगिताको तयारीका लागि राखेपले गर्ने सहयोगमा कुनै कमी नरहने बताउनुभयो ।

    सदस्य–सचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षक नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने भन्ने विषयमा  समन्वय गर्न सङ्घलाई निर्देशन दिनुभयो । हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रिन्स सहभागी हुँदा होस् वा वैदेशिक प्रशिक्षणमा जाँदा नेपाली प्रशिक्षक सँगै जाने व्यवस्था मिलाउनुपर्नेमा उहाँको जोड छ ।

    प्रिन्सलाई आवश्यक पर्ने खेल सामग्री आजै राखेपले उपलब्ध गारएको छ । प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुसी व्यक्त गर्दै जिम्मेवारी थपिएको प्रतिक्रिया दिनुभयो । प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।

    भेटका अवसरमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको पनि उपस्थिति थियो । अध्यक्ष श्रेष्ठले प्रिन्सलाई ‘वाइल्ड कार्ड’ दिलाउन सङ्घले धेरै मिहिनेत गरेको बताउनुभयो । प्रिन्स हाल विश्व वरियतामा एक सय ७९औँ स्थानमा हुनुहुन्छ । जुनियर विश्व वरियतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा छ महिना शीर्ष स्थानमा हुनुहुन्थो । 


    तेस्रो आँखा