• ट्रेण्डिङ्ग :
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने


  • 2.5K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने

    काठमाडौं, १ जेठ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाउनुभएको छ । सभामुख घिमिरेले आज दिउँसो १२:३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लाग्नुभएको हो ।

    images

    आज अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त बैठकको तयारी र कार्यसूचि निर्णय गर्नुपर्ने छ । सभामुख यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकहरुसँग बस्न लाग्नुभएको हो ।


    तेस्रो आँखा