• ट्रेण्डिङ्ग :
सल्यानमा फेरि दम्पत्ति मृत अवस्थामा फेला

सल्यानमा फेरि दम्पत्ति मृत अवस्थामा फेला


  • 5.1K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.9K Views

    सल्यानमा फेरि दम्पत्ति मृत अवस्थामा फेला

    सल्यान, १ जेठ । सल्यानमा फेरि श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । सिद्ध कुमाख गाउँपालिका–४ सागिनेको रतनतालमा अन्दाजी २९÷३० वर्षका केशव राना र उहाँकी श्रीमती केशरी राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

    images

    केशवले श्रीमती केसरीको हत्या पश्चात् आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक दम्पतीका १५ दिनको नवजात शिशुसँगै २ छोरा र २ छोरी छन् ।

    प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको पत्रकार इन्द्र बहादुर बुढाथोकीले जानकारी दिनुभयो । आइतबार मात्रै बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा श्रीमानले श्रीमतीको हत्या गरि आफू पनि झुन्डिएर अवस्थामा फेला परेका थिए । 


    तेस्रो आँखा