काठमाडौं, २३ माघ। सरकारले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो।
कोरोना संक्रमण बढेपछि माघ महिनाभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।
यस्तै, बैठकले काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर/बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ।
अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ।
रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको बताइएको छ।
