• ट्रेण्डिङ्ग :
एमाले संसदीय दलको बैठक सुरु 

एमाले संसदीय दलको बैठक सुरु 


  • 2.3K
    SHARES
    • जेठ २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.5K Views

    एमाले संसदीय दलको बैठक सुरु 

    काठमाडौं २ जेठ/ नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न एमालेको संसदीय दलको बैठक सुरु भएको हो ।

    images

    संघीय संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्नेछन् । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेका छन् ।

    उक्त नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्रीसमेत रहेका अर्थशास्त्री डा। युवराज खतिवडा पनि सहभागी भएका छन् ।


    तेस्रो आँखा