• ट्रेण्डिङ्ग :
एमसीसी पासका लागि सहयोग गर्न ओलीलाई प्रधानमन्त्री देउवाको आग्रह 

एमसीसी पासका लागि सहयोग गर्न ओलीलाई प्रधानमन्त्री देउवाको आग्रह 


  • 6.4K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    एमसीसी पासका लागि सहयोग गर्न ओलीलाई प्रधानमन्त्री देउवाको आग्रह 

    काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग एमसीसीका विषयमा छलफल गरेका छन्।

    images

    आज अपरान्ह ४ बजे देखि बेलुका ६ वजे सम्म भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नका लागि सघाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। जवाफमा ओलीले पहिला एमसीसीका विषयमा सरकारपक्षीय दलहरु स्पष्ट हुनुपर्ने बताएका थिए। त्यसपछि मात्रै एमालेले आफ्नो धारणा बनाउने जवाफ ओलीले दिएका थिए।

    यसैगरी छलफलमा माओवादी अध्यक्ष दाहालले आगामी चुनाव पछि मात्रै एमसीसी पास गर्नुपर्ने प्रस्ताव राखेका थिए। लामो समय पछि प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच संयुक्त छलफल भएको हो। यसैगरी छलफलमा स्थानीय तहको निर्वाचनका विषयमा पनि छलफल भएको थियो।


    तेस्रो आँखा