• ट्रेण्डिङ्ग :
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित


  • 4.1K
    SHARES
    • जेठ ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.3K Views

    कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ ।

    images

    बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभएको हो ।

    आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएको थियो ।  

    सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गर्नुभएको जानकारी गराउँदै बोल्नका लागि समय दिनुभएको थियो तर कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो । 

    नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । 


    तेस्रो आँखा