• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठकको समय सर्‍यो

प्रतिनिधिसभा बैठकको समय सर्‍यो


  • 3.0K
    SHARES
    • जेठ ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    प्रतिनिधिसभा बैठकको समय सर्‍यो

    काठमाडौँ, ४ जेठ/राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ ।
         
    दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।
         
    प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ । निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच आज बेग्लैबेग्लै छलफल भएको छ भने सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे निर्धारण गरिएको छ । 

    images


    तेस्रो आँखा