• ट्रेण्डिङ्ग :
तुलसीपुरमा क्षयरोग मुक्त पालिका बनाउने अभियान सुरु

तुलसीपुरमा क्षयरोग मुक्त पालिका बनाउने अभियान सुरु


  • 5.7K
    SHARES
    • जेठ ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.8K Views

    तुलसीपुरमा क्षयरोग मुक्त पालिका बनाउने अभियान सुरु

    तुलसीपुर ४ जेठ/तुलसीपुर उपमहानगरपालिकामा क्षयरोग मुक्त पालिका बनाउने अभियान सुरु भएको छ । सन २०३५ सम्म एकलाख जनसंख्या बराबर १० प्रतिशन क्षयरोगी झार्ने लक्ष्य सरकारको रणनिती अनुसार तुलसीपुरमा पनि यो अभियान सुरु भएको हो । स्वस्थ तुलसीपुर, सबैका लागि, सधैका लागि भन्ने नाराका साथ तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले शुक्रबार यो अभियानको शुभारम्भ गरेका हुन् । दाङका दश पालिका मध्ये तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा यो अभियान शुभारम्भ भएको हो । देशैभरी भने एकसय वटा पालिकामा यो अभियान सुरु भएको छ ।

    images

    यसैबिच क्षयरोग मुक्त नेपाल अभियान अन्तरगत तुलसीपुर उपमहानगरपालिकामा पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा उपमेयर स्यानी चौधरीको विशेष उपस्थितीमा शुक्रबार अभिमुखिकरण कार्यक्रम भएको हो ।

    तुलसीपुरमा मात्रै ४३८ क्षयरोगी रहेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका सूचना अधिकारी तथा क्षयरोग फोकल पर्सन गेहेन्द्र यादवले जानकारी दिए । उनका अनुसार ४३८ क्षयरोगी मध्ये २६५ जना क्षयरोगीहरु सम्पर्कमा छन् भने १७३ जना क्षयरोगी सम्पर्क भन्दा बाहिर रहेको उनले बताए । सबै भन्दा धेरै १५ वर्षदेखि ४५ वर्ष उमेर समुहका व्यक्तिमा क्षयरोग देखा पर्ने गरेको छ । जिल्लामा १६ सय क्षयरोगी छन् । जिल्लामा भएका पालिका मध्ये सबै भन्दा धेरै घोराही  उपमहानगरपालिकामा क्षयरोगी छन् ।

    कार्यक्रममा प्रस्तुति दिंदै तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वधन शाखा प्रमुख ओम प्रकाश न्यौपानेले रोग प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिहरुमा क्षयरोगको जोखिम रहेको जानकारी दिए । पालिकालाई क्षयरोग मुक्त बनाउनको लागि वडा, टोल विकास संस्था हुँदै समाजमा गएर सचेतना मूलक कार्यक्रम गर्ने उनले बताए । सरकारले क्षयरोगीहरुलाई निशुल्क रुपमा उपचार गर्दै आएको छ । त्यसका साथै विपन्न परिवारका क्षयरोगीहरुलाई पोषण खानाका लागि मासिक पाँचसय रुपैयाँ दिंदै आएको छ भने जिल्ला बाहिर औषधि गर्ने पर्ने र आर्थिक अवस्था कमजोर भएका क्षयरोगीहरुलाई निशुल्क यातायातको व्यवस्था गरेको छ । क्षयरोगको प्रकार हेरेर एक जना विरामीले २ देखि १० महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।


    तेस्रो आँखा