• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाको बैठक ३:१५ मा बस्ने 

राष्ट्रियसभाको बैठक ३:१५ मा बस्ने 


  • 3.0K
    SHARES
    • जेठ ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    राष्ट्रियसभाको बैठक ३:१५ मा बस्ने 

    काठमाडौँ, ६ जेठ/दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । 

    images

    संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिनुभयो । 

    सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ । कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो । यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो दुई बजे बस्ने गरी सारिएको थियो । 


    तेस्रो आँखा