• ट्रेण्डिङ्ग :
एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाँकेको अध्यक्षमा गुरुङ


  • 2.9K
    SHARES
    • जेठ ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.4K Views

    एमाले बाँकेको अध्यक्षमा गुरुङ

    नेपालगञ्ज, ७ जेठ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी हुनुभएको छ । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाउनुभयो । 

    images

    शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी हुनुभयो । उहाँले तीन सय १३ मत प्राप्त गर्नुभयो । उहाँ लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत हुनुहुन्छ । 

    सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी हुनुभयो भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिनुभयो । कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।


    तेस्रो आँखा