• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित


  • 2.1K
    SHARES
    • जेठ ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.2K Views

    प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित

    काठमाडौँ, ७ जेठ/ प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

    images

    बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गर्नुभएको थियो । कांग्रेसको नाराबाजी र विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

    कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ । बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने र प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको थियो ।


    तेस्रो आँखा