• ट्रेण्डिङ्ग :
दाङमा अध्यक्षमाथि भाला प्रहार

दाङमा अध्यक्षमाथि भाला प्रहार


  • 3.7K
    SHARES
    • जेठ ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    दाङमा अध्यक्षमाथि भाला प्रहार

    दाङ ९ जेठ/ दाङकोराजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार भएको छ । मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको हो ।

    images

    उनको अवस्था गम्भीर छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ ।

    राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४ : ३० बजे छातीको वायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

    नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष विष्टमाथि आक्रमण हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान अगाडि बढाइएको गढवा प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा