तुलसीपुर १० जेठ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बुद्ध जयन्ती र किराँत समुदायको उभौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उपमहानगरका मेयर खड्काले आज एक शुभकामना सन्देश जारी गर्दै २५६८औँ बुद्ध जयन्ती र उभौली पर्व २०८१ को अवसरमा तुलसीपुर उपमहानगरवासी सहित स्वदेश तथा विदेशमा बस्ने नेपालीको सुख शान्ति र समृद्धिको कामना गर्नुभएको हो ।
शुभकामना सन्देशमा शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि गौतम बुद्ध संसारकै गुरु भएको र विश्वले उहाँकै आदर्शलाई शिरोधार्य गरेको उल्लेख छ ।
त्यसैगरी उहाँले उभौली प्रकृतिका सन्तती किराँत समुदायको महान पर्व भएको उल्लेख गर्दै यस पर्वले राष्ट्रिय एकता थप मजबुद बनाउन अभिप्रेरित गर्न सकोस भन्ने अपेक्षा समेत गर्नुभएको छ ।
