• ट्रेण्डिङ्ग :
मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ? 

मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ? 


  • 6.0K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ? 

    काठमाडौं, २५ माघ। ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आज मंगलबारबाट स्थगित गरेको छ। 

    images

    निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए। आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ।

    कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो। 

    हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ। 


    तेस्रो आँखा