• ट्रेण्डिङ्ग :
तुलसीपुरका साढे ११ हजार बालबालिकालाई आईपीभी खोप दिइने

तुलसीपुरका साढे ११ हजार बालबालिकालाई आईपीभी खोप दिइने


  • 5.0K
    SHARES
    • जेठ ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.7K Views

    तुलसीपुरका साढे ११ हजार बालबालिकालाई आईपीभी खोप दिइने

    तुलसीपुर ११ जेठ/ तुलसीपुर उपमहानगरपालिकाले पोलियो विरुद्धको (आई.पी.भी) खोप अभियान संचालन गर्ने भएको छ । उपमहानगरको स्वास्थ्य महाशाखाले आज गरेको खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जेठ १३ गतेदेखि १७ गतेसम्म खोप अभियान संचालन गर्ने जानकारी दियो ।

    images

    कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख टिकाराम खड्काले २०७३ देखि ०७५ सालसम्म खोप लगाउन छुटेका बालबालिकालाई पोलियो विरुद्धको (आई.पी.भी) खोप दिइने जानकारी दिनुभयो । उपमहानगर प्रमुख खड्काले लक्षित बालबालिकासम्म पुगेर खोप अभियान संचालन गरिने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले २०७३ देखि ०७५ सालमा खोप पाउनबाट बञ्चित तुलसीपुर उपमहानगर भित्रका ११ हजार ५ सय ८ जना बालबालिकालाई यसपटक खोप दिइने छ ।

    उममहानगरका सबै बिद्यालयमा पुगेर खोप दिइने छ । त्यसैगरी ईट्टा भट्टामा भएक बालबालिकालाई पनि त्यहीँ पुगेर खोप लगाइने छ । अभियानको अन्तिम दिन जेठ १७ गते तुलसीपुर उपमहानगर भित्रका सबै स्वाथ्य संस्थामा खोप लगाइने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो । खोपको अभाव भएपछि त्यतिबेला बालबालिका आई.पी.भी.खोप पाउनबाट बञ्चित भएका थिए ।


    तेस्रो आँखा