• ट्रेण्डिङ्ग :
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु 

नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु 


  • 3.8K
    SHARES
    • जेठ १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.8K Views

    नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु 

    चितवन १३ जेठ/ नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका- ४ निवासी अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् । 

    images

    सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार बिहान सवा ९ बजेको समयमा इच्छामनकामना गाउँपालिका-५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं। पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरमा क्षति पुर्‍याएको थियो । पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीको उपचारका लागि भरतपुर लगिए पनि उपचारमा संलग्न चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    स्काभेटरमा पूर्ण रुपमा क्षति भएको र सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत सामान्य क्षति भएको प्रहरीको भनाइ छ । सडक अहिले सञ्चालनमै छ ।


    तेस्रो आँखा