• ट्रेण्डिङ्ग :
यार्सा टिप्न गएकी युवतीको मृत्यु

यार्सा टिप्न गएकी युवतीको मृत्यु


  • 3.2K
    SHARES
    • जेठ १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.9K Views

    यार्सा टिप्न गएकी युवतीको मृत्यु

    रुकुम पश्चिम, १५ जेठ । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ ।

    images

    डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी पर्नुभएको थियो । 

    “बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो”, वडाध्यक्ष विष्टले भन्नुभयो, “शसस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो ।” अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टर्माटम पश्चात् शव गोतामकोटमा ल्याइने बताउनुभयो । 


    तेस्रो आँखा