• ट्रेण्डिङ्ग :
थापाको राप्रपा परित्याग : अब के गर्लिन् महामन्त्री कुन्ती शाही ?

थापाको राप्रपा परित्याग : अब के गर्लिन् महामन्त्री कुन्ती शाही ?


  • 46.3K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 71.2K Views

    थापाको राप्रपा परित्याग : अब के गर्लिन् महामन्त्री कुन्ती शाही ?

    काठमाडौं, २५ माघ। कमल थापाले राप्रपा परित्याग गरेपछि राप्रपाका थापा निकटस्थ पदाधिकारी तथा केन्द्रीय सदस्यहरु के गर्लान् ? भन्ने चर्चा सुरु भएको छ। थापाले छुट्टै पार्टी गठन गर्ने तयारी गरिरहेका बेला उनीसंगै राप्रपाको शक्ति बिभाजित हुने नै छ।

    images

    थापाको पार्टी परित्याग घोषणापछि राप्रपाका नेताहरु कता जाने भन्नेमा अलमलमा छन्। यो ‘सकस’ पदाधिकारीहरुलाई अझ बढी छ। राप्रपाको महामन्त्रीमा निर्वाचित थापा निकटस्थ कुन्ती शाहीले थापाको पार्टी परित्यागको निर्णय पछि अब के गर्ने भन्नेमा अन्यौल रहेको बताईन्।

    तेस्रो आँखासँग कुराकानी गर्दै शाहीले आफूले अहिले त्यस्तै कुनै निर्णय गरिनसकेको बताइन्। ‘मैले अब के गर्ने ? कता रहने? भन्ने विषयमा कुनै निर्णय लिईसकेको छैन,’ उनले भनिन् ‘अहिले नै यसै गर्छु भनेर भन्न सक्ने अवस्था छैन।’ उनले केही दिनसम्म आफूले समिक्षा गर्ने र निर्णय लिने उनको भनाइ छ। ‘अब केही दिनसम्म आफूले के गर्ने भनेर समिक्षा गर्छु,’ उनले भनिन् ‘त्यसपछि के गर्ने भनेर निर्णय लिने छु।’ तर थापाले आफूहरुलाई आफूसँग जानै पर्ने भनेर दबाब नदिएको उनले सुनाइन्।

    ‘तपाईंहरुलाई म सँगै हिँड्नुस् भनेर मैले भनेको छैन,’ थापाको भनाई उदृत गर्दै शाहीले भनिन् ‘तपाईहरुलाई जे ठिक लाग्छ, त्यहि निर्णय गर्नुस्,म बाट कुनै दबाब रहन्न।’ यसैगरि शाहीले आफूले राप्रपा भित्रको अन्तरविरोध हटाउन निकै प्रयास गरेको भएपनि असफल भएको सुनाइन्। उनले भनिन् ‘म बीचमा रहेर पार्टी भित्रको विवाद समाधानका धेरै पटक प्रयास गरेँ, तर सफल हुन सकिएन, एकाएक यस्तो निर्णय आयो ।’


    तेस्रो आँखा