• ट्रेण्डिङ्ग :
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट


  • 4.3K
    SHARES
    • जेठ १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.6K Views

    महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

    न्युयोर्क, १६ जेठ/परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गर्नुभएको छ । भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ ।

    images

    भेटका अवसरमा उहाँहरुबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ । सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आउनुभएको छ । सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको हो ।


    तेस्रो आँखा