• ट्रेण्डिङ्ग :
शान्ति समाजले २९ औ स्थापना दिवसको अवसरमा साताब्यापी कार्यक्रम गर्दै

शान्ति समाजले २९ औ स्थापना दिवसको अवसरमा साताब्यापी कार्यक्रम गर्दै


  • 2.9K
    SHARES
    • जेठ १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.5K Views

    शान्ति समाजले २९ औ स्थापना दिवसको अवसरमा साताब्यापी कार्यक्रम गर्दै

    सुशील बस्नेत,तुलसीपुर,१६ जेठ/ मानवअधिकार तथा शान्ति समाजले २९ औ स्थापनादिवसको अवसरमा साताब्यापी कार्यक्रम गर्दै छ । २०५३ साल जेठ १९ गते मानवअधिकार तथा शान्ति समाज स्थापना भएको हो । मानवअधिकार, लोकतन्त्र, शान्ति, अहिंसा, सदभाव  र सहिष्णुतालाई मुल्यमान्यताका साथ स्थापना गरिएको शान्ति समाजको स्थापना दिवसका यस अवसरमा दाङ शाखाले बिभिन्न ९ वटा कार्यक्रमगर्ने शाखा सभापति कोमल डिसीले जानकारी दिनुभयो ।

    images

    जेठ १५ गते गणतन्त्र दिवसको अबसरमा दिप प्रज्वलन र जेठ १६ गते भ्रष्टाचार बिरुद्ध बिरोध प्रदर्सन, जेठ १७ गते तुलसीपुुर स्थीत अपाङ्गता अध्ययन केन्द्र कालाखोलामा अध्ययनरत अपाङगता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग, जेठ १८ गते रेडक्रस रक्तसन्चार केन्द्र कालिकादेवी भवनमा रक्तदान कार्यक्रम र जेठ १९ गते मानवअधिकार तथाशान्ति समाजको २८ औं स्थापना दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

    जेठ २० गते लागू पदार्थ दुब्येशनी बिरुद्ध बिद्यालय केन्द्रित कार्यक्रम, जेठ २१ गते जातीय छुवाछूत बिरुद्धको कार्यक्रम, जेठ २२ गते बबई नदि घाट सरसफाई र जेठ २३ गते बिश्वबाताबरण दिवसको अबसरमा तुलसीपुरको रझेना स्थित बृद्ध आश्रम परिसरमा सस्थापक सभापति कृष्ण पहाडीज्यु लगायतको सहभागीतामा रोपीएका बिरुवाको गोडमेल र सरसफाई गर्ने कार्यक्रम रहेको छ । ती कार्यक्रम ब्यबस्थीत रुपमा सम्पन्नगर्न शाखाका कार्यसमितिका बिभिन्न ब्यक्तिहरुलाई संयोजनको जिम्मेवारी दिएको छ । यसैबिच, जेठ १६ गते लोकतान्त्री गणतन्त्र : असललाई जिम्मेवारी खवारलाई दण्ड भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन तुलसीपुरमा गरिएको छ ।

    प्रदर्शन कार्यक्रमपश्च्यात आयोजीत कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिवनिर्मल नेपाली, निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत, शान्तिथ समाज दाङका पूर्व सचिव चुर्णबहादुर चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रममाबिषयप्रबेश उक्तकार्यक्रमका संयोजकमधुसुदनगौतम र सहजीकरण सचिव अमृत प्रसादशर्माले गर्नुभएको थियो ।
    १७औ गणतन्त्र दिवसको अवसरमामानवअधिकार तथाशान्ति समाज दाङ शाखाले जेठ १५ गते दिपप्रज्वलन गरेको छ । तुलसीपुर स्थीतशान्ति स्मारक परिसरमाशान्ति बाटीकामा दिपप्रज्वलनगरिएको समाजका सहसचिवमाधव बस्नेतले जानकारी दिनुभयो ।


    तेस्रो आँखा