• ट्रेण्डिङ्ग :
कमल थापालाई निर्णय सच्याउन राप्रपाको आग्रह

कमल थापालाई निर्णय सच्याउन राप्रपाको आग्रह


  • 8.0K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    कमल थापालाई निर्णय सच्याउन राप्रपाको आग्रह

    काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका पूर्व अध्यक्ष कमल थापालाइ निर्णय सच्याउन राप्रपाले अनुरोध गरेको छ ।

    images

    सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। लामो समय पार्टीको नेतृत्व गरेर बसेका व्यक्तिले पार्टी परित्याग गर्ने निर्णय राप्रपाका लागि दुखद भएकाले सच्याउन आग्रह गरिएको राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले बताए ।  

    उनले भने, ‘थापाको निर्णय व्यक्तिगत भए पनि पार्टीलाइ क्षति पुग्ने हुँदा उक्त निर्णयलाई सच्याउन कमल थापालाई आग्रह गर्ने निर्णय गरेका छौं ।’ कमल थापाको पार्टी वहिर्गमनसँगै नयाँ पार्टी निर्माणको चर्चाको बारेमा अहिले यसै भन्न नसकिने गुरुङको भनाइ छ ।


    तेस्रो आँखा